खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेपछि समता घरेलु लघुवित्तको नाफा प्रभावित
२९ श्रावण २०८०, सोमबार १६:०८

काठमाडौं । गत आवको चौथो त्रैमाससम्ममा २७.९९ प्रतिशतले घटेर समता घरेलु लघुवित्तको नाफा ५ करोड ७४ लाख ७ हजार रुपैयाँमा कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा ७ करोड ९७ लाख २६ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी पनि १४.५६ प्रतिशतले घटेर १९ करोड २० लाख ३ हजार रुपैयाँमा कायम हुन पुगेको छ । उक्त अवधिमा कम्पनीलाई १ करोड ८८ लाख १३ हजार रुपैयाँको सञ्चालन नोक्सान परेको छ ।
त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ५६ पैसा तथा प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ३६ पैसा रहेको छ । कम्पनीको १ वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेपछि खुद नाफा प्रभावित हुन पुगेको हो ।











