मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओमा आज कति पर्यो आवेदन ?
२९ श्रावण २०८०, सोमबार १८:२२

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओमा ७ लाख २५ हजार ३२ जना आवेदकबाट ८२ लाख ५४ हजार ९० कित्ताका लागि ८२ करोड ५४ लाख ९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्दा बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो । कम्पनीले कर्मचारीलाई ४० हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख कित्ता सेयर छुट्याएको छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धक बीओके क्यापिटल रहेको छ ।












