मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा १० लाख बढीको आवेदन
३० श्रावण २०८०, मंगलवार १८:२८

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले निष्काशन गरेको आईपीओमा १० लाख बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५ः०६ बजेसम्ममा १० लाख १७ हजार ४५२ आवेदकबाट १ अर्ब १४ करोड ६१ लाख २१ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख ६१ हजार २१० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणको लागि निष्काशनमा ल्याएको २२ लाख ७६ हजार ६२० कित्ता शेयरको ५।०३ गुणा बढी हुन आउँछ ।












