मर्जरपश्चात धौलागिरी र नेशनल लघुवित्तको शेयर आजबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

३१ श्रावण २०८०, बुधबार ०८:५१

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई लघुवित्त कम्पनीको शेयर आजदेखि कारोबारमा आउने भएको छ । नेप्सेमा मंगलबार (साउन ३० गते) नेशनल लघुवित्त र धौलागिरी लघुवित्तको शेयर सूचीकृत भएको हो । मंगलबार शेयर सूचीकृत भएका कम्पनीहरुको शेयर आजदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको हो ।

नेप्सेमा नेशनल लघुवित्तको एक करोड ८ लाख ४२ हजार ६३ कित्ता शेयर सूचीकृत भएको छ । नेप्सेले कम्पनीको शेयरलाई पहिलो कारोबारको लागि १ हजार २१५ रुपैयाँ ओपनिङ रेन्ज दिएको छ ।

त्यस्तै धौलागिरी लघुवित्तको तीन लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले सो कम्पनीको शेयरलाई दोस्रो बजारमा पहिलो कारोबारको लागि प्रतिकित्ता ७६८.६१ रुपैयाँ ओपनिङ रेन्ज प्रदान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*