हाइड्रोपावरको चौथौ त्रैमासको वित्तिय विवरणः सानिमा माई मुनाफामा अगाडि, ६ वटा कम्पनीको खुद नाफा ऋणात्मक (सूची सहित )

काठमाडौं । नेप्सेमा सूचीकृत १६ वटा हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।
यस अवधिसम्ममा आइपुग्दा कम्पनीहरुले ४ अर्ब ५८ लाख ४७ हजार रुपैयाँको विद्युत बिक्री गरेर १ अर्ब २१ करोड ३८ लाख बराबरको नाफा आर्जन गर्न सफल भएका छन् ।
सबैभन्दा धेरै सानिमा माईले ४० करोड ७२ लाख २१ हजारको नाफा कमाएको छ । त्यस्तै, माउण्टेन इनर्जीले ४० करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ ।
६ वटा कम्पनीको भने खुद नाफा ऋणात्मक देखिएको छ । यता, समग्रमा हाइड्रोपावर कम्पनीको चुक्ता पुँजी बढेर १८ अर्ब ६३ करोड ६० लाख ७५ हजार रुपैयाँ पुगेको छ ।
प्रतिसेयर आम्दानी पनि माउण्टेन इनर्जीको सबै भन्दा धेरै छ । यसको इपीएस २० रुपैयाँ ६३ पैसा छ । ६ वटाको भने उक्त आम्दानी ऋणात्मक छ ।













