वित्तीय विवरण सन्तोषजनक नआएपनि हिमालयन डिष्टलरी र शिवम सिमेन्टबाट लगानीकर्ताको आकर्षण घटेन, कुन-कुन कम्पनीको भयो शीर्ष खरिदबिक्रि ?
३१ श्रावण २०८०, बुधबार १५:०६

काठमाडौं । साताको अन्तिम दिन नेप्से ओरालो लागेको छ। कम्पनीहरुको रिर्पोट सकारात्मक नदेखिएपनि हिमालयन डिष्टीलरीको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन्।
हिमालयन डिष्टलरीको ८ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, शिवम् सिमेन्ट, आइएमई लाइफ, सोल्टि होटल, घोराही सिमेन्टस, नेपाल टेलिकम, एभरेष्ट बैंक, इमजीङ पावर, नबिल बैंक र नेपाल रि को आज सर्वाधिक कारोबार भएको छ।













