फरवार्ड माइक्रोफाइनान्सको खुद नाफा ६४ प्रतिशतले घट्यो, अन्य वित्तीय सूचक कस्तो ?

३२ श्रावण २०८०, बिहीबार ०९:०६

काठमाडौं ।  फरवार्ड माइक्रोफाइनान्सको खुद नाफा ६४।८७ प्रतिशतले ले घटेर २२ करोड १४ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ६३ करोड ४ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । एक वर्षको अवधिमा खराब कर्जा ह्वातै बढेको तथा सञ्चालन नाफा र खुद ब्याज आम्दानी घटेकाले खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी १४।८६५ ले घटेर १ अर्ब १५ करोड ९७ लाख ९० हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा ६४।८९ प्रतिशत ले घटेर ३७ करोड ४३ लाख ६२ हजार रुपैयाँमा आएको छ ।

खराब कर्जा २।४३ प्रतिशतले बढेर ४।२६ प्रतिशत पुगेको छ ।असार मसान्तसम्म आइपुग्दा नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ५३ रुपैयाँ ६८ पैसाले घटेर २० रुपैयाँ ९८ पैसामा आएको छ । प्रतिसेयर लाभांश वितरण गर्ने क्षमता ७२।५९ प्रतिशतछ । वितरणयोग्य नाफा ७६ करोड ६२ लाख ४९ हजार रुपैयाँ छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*