सोल्टी होटेलको मुनाफामा छलाङ, प्रतिशेयर आम्दानी कति ?

३२ श्रावण २०८०, बिहीबार १०:५८

काठमाडौं । सोल्टी होटेलले आर्थिक चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।अघिल्लो वर्ष यही अवधिसम्म होटेलले २९ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको होटलले यस अवधिसम्ममा होटेलले ५४ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। कम्पनीको मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनााम ८६ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म सोल्टीले होटेल व्यवसायबाट कुल २ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म होटेलले १ अर्ब ३६ करोड रुपैयाँ आम्दानी गरेको थियो । समीक्षा अवधिमा होटेलको आम्दानी पनि ६४।२७ प्रतिशतले बढेको छ।

चौथो त्रैमाससम्म सोल्टी होटेलले ६८ करोड ४० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३३ करोड ३७ लाख रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि १०४।९७ प्रतिशतले बढेको छ।

चुक्तापुँजी ८८ करोड ४७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा सोल्टी होटेलको प्रतिसेयर आम्दानी बढेर ६।१६ रुपैयाँ कायम भएको छ। अ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*