नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा सिटिजन्स बैंकका एक कर्मचारी पक्राउ
१ भाद्र २०८०, शुक्रबार १०:४१

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा सिटिजन्स बैंकका एक कर्मचारी पक्राउ परेका छन् ।
स्नातक तहको शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा बैंकका कर्मचारी दलबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो । पुनले ब्याचलर इन कमर्स भारतबाट गरेको भन्दै बैंकमा नक्कली प्रमाणपत्र पेश गरेको प्रहरीले जनाएको छ । पुनको भारतीय कलेजको बीकमको नक्कली प्रमाणपत्रसँग त्रिभुवन विश्वविद्यालयले इक्विभालेन्ट भनेर दिएको प्रमाणपत्रसमेत नक्कली रहको प्रहरीले जनाएको छ ।
शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पहिले पनि सिटिजन्स बैंकका कर्मचारीहरु पक्राउ परेका थिए । प्रहरीले बैंकका अन्य तीन जना कर्मचारी विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।











