सिद्धार्थ म्युचुअल फन्डका दुई योजनाद्वारा लाभांश घोषणा, कुनको कति ?

१ भाद्र २०८०, शुक्रबार १०:३०

काठमाडौं । सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत सञ्चालित दुई वटा योजनाले लाभांश घोषणा गरेको छ । सिद्धार्थ क्यापिटलको साउन ३२ गते बसेको बैठकको निर्णयले सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इक्विटी फन्डका इकाइधनीहरुका लागि आर्थिक वर्ष २०७९–८०को लाभांश वितरण गर्ने भएको हो ।

क्यापिटलले सिद्धार्थ इक्विटी फन्डका इकाइधनीहरुलाई करसहित ५ प्रतिशतले हुन आउने ७ करोड ५० लाख रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यसका साथै क्यापिटलले सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२का इकाइधनीहरुलाई करसहित ६.५ प्रतिशतले हुन आउने ७ करोड ८० लाख रुपैयाँ वितरण गर्ने भएको छ ।

क्यापिटलका अनुसार यी दुवै योजनाको लाभांश वितरणार्थ निकट भविष्यमै बुक क्लोजको मिति तय गरिने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*