शोधानान्तर स्थिति बचतमा

१ भाद्र २०८०, शुक्रबार १३:४२

काठमाडौं।  गत आर्थिक वर्षमा शोधानान्तर स्थिति बाहिरिने र भित्रिने विदेशी मुद्राको अन्तर २ खर्ब ९० अर्ब रुपैयाँले बचतमा रहेको छ ।

राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक स्थितिअनुसार गत आर्थिक वर्षको भदौसम्म २३ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको शोधनान्तर स्थिति असार मसान्तमा पुग्दा २ खर्ब ९० अर्ब रुपैयाँले बचतमा गएको छ ।

गत वर्ष रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले बढ्दै १२ खर्ब २० अर्ब माथि पुग्दा आयात १६ प्रतिशतले घटेर १६ खर्ब ११ अर्बमा सीमित भएपछि शोधनान्तर स्थिति बचतमा गएको हो ।

शोधनान्तर स्थित बचतमा भए पनि चालु खाताको घाटा भने बढेको छ । गत फागुनमा चालु खाता घाटा २९ अर्ब ६४ करोड रुपैयाँ पुगेकोमा असार मसान्तमा बढेर ७२ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । जेठ महिनाको तुलनामा चालु खाता घाटा २ अर्ब ७६ करोड रुपैयाँले बढेको छ ।

चालु खाता घाटा बढ्नुको अर्थ हुन्छ, रेमिट्यान्स आप्रवाह, पर्यटन आयलगायतले आयात धान्न पुगेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*