कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको शेयर सुचिकृत, पहिलो कारोबार कतिमा होला ?

३ भाद्र २०८०, आईतवार १२:१९

काठमाडौं ।  नेप्सेमा कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको शेयर सुचिकृत भएको छ । आज कम्पनीको १२ लाख १८ हजार ६ सय ७५ कित्ता शेयर सुचिकृत भएको हो ।

आज आइतबार शेयर सुचिकृत भएसंगै भोलिदेखि कम्पनीको शेयर कारोबार गर्न सकिने छ । सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको कारोबार हुने छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १५९।६७ रुपैयाँ देखि ४७९।०१ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न गरेको छ । कम्पनीको प्द्यक्ज् सिम्बलबाट कारोबार हुने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*