फरवार्ड माइक्रोफाइनान्सको ५ लाख कित्ता शेयर बिक्रीमा, क-कसले आवेदन दिन पाउछन् ?
३ भाद्र २०८०, आईतवार १२:४३

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले ५ लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ।
संस्थाले संस्थापक समूहको ५ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो। यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।
इच्छुक संस्थापक सेयरधनीले आजको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संलग्न सुनसरीको दुहबीस्थित संस्थाको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।ऋष्तष्शभल ीषभ क्ष्कबिलम ीबलमष्लन एबनभ
तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने संस्थाले जनाएको छ।













