ठूलोखोला हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने

३ भाद्र २०८०, आईतवार १४:०५

काठमाडौ । सिटिजन्स क्यापिटल लिमिटेड र ठूलो खोला हाइड्रोपावर लिमिटेड बीच खिचापोखरी, काठमाण्डौमा साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा ठूलो खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट संचालक श्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा ठूलो खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशन गर्नेछ । ठूलो खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना “माथिल्लो ठूलाखोला ए जलविद्युत आयोजना” म्याग्दी जिल्लामा अवस्थित रहेको छ र सो योजना २२।५ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*