मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, १० लाख ८३ हजारको हात खाली

३ भाद्र २०८०, आईतवार १८:३३

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको छ। बीओके क्यापिटलले मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बाँडफाँड गरेको हो।

कम्पनीले गत साउन २८ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। जसमा यसअघि आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओमा बिक्री हुन बाँकी ६ लाख १६ हजार ६२० कित्ता सेयर पनि थपिएको थियो।

सर्वसाधारणका लागि जारी गरिएको कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी २२ लाख ७६ हजार ६२० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

क्यापिटलका अनुसार कुल १३ लाख १६ हजार ५२९ आवेदकबाट १ करोड ४३ लाख ६ हजार ७९० कित्ता सेयर माग भएको थियो। जसमा १३ लाख ११ हजार ५१७ आवेदकबाट परेको १ करोड ४२ लाख २४ हजार ७२० कित्ता सेयर सदर भएको थियो भने ५ हजार १२ आवेदकबाट परेको ८२ हजार ७० कित्ता बदर भएको थियो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी २ लाख २७ हजार ६६२ आवेदनले १० कित्ताका दरले सेयर पाउनेछन् भने सदर आवेदकमध्ये १० लाख ८३ हजार ८५५ आवेदकको हात खाली भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*