मुस्ताङको कागबेनीमा बाढीले पुरिएको बैंकको भवन खोतल्दा प्रभु बैंकको साढे ५१ लाख र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको एक करोड भेटियो

३ भाद्र २०८०, आईतवार २०:४५

काठमाडौं । एक सातापछि आज मुस्ताङको कागबेनीमा बाढीले पुरिएको बैंकको भवन खोतल्दा प्रभु बैंकको साढे ५१ लाख र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको एक करोड रकम भेटिएको छ। आज स्थानीयवासी, सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष उत्खनन् गर्ने क्रममा उक्त रकम भेटिएको हो ।

बाढीले पुरिएको बैंकको भवन खोतल्दा प्रभु बैंकको रु ५१ लाख ६२ हजार दुई सय २६ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको पनि रु एक करोड पाँच लाख ३२ हजार नौ सय ६४ फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ ।

बाढीले प्रभु बैंकको भवननै बगाएको थियो भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक भएको घर दुई तलासम्म बाढीसँगै आएको लेदोले भरिएको प्रहरीको भनाइ छ ।

आज गाउँले, सुरक्षाकर्मी र बैंकले कर्मचारीहरूले उत्खनन गर्ने क्रममा पैसा फेला परेको हो । भल्टसँगै पैसा फेला परेको हुँदा पैसा सुरक्षित नै देखियो, बैंकको भवन छुट्टा–छुट्टै थिए, त्यसले गर्दा कुन बैंकको पैसा हो भन्ने पत्ता लगाउन सहज भएको प्रहरील जनाएकोछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*