कुन लघुवित्त कम्पनीले कति नाफा कमाए ?अर्ब मुनाफा गर्ने एकमात्रै, पाँच नोक्सानीमा

काठमाडौं । चौथौ त्रैमासको अवधिसम्ममा लघुवित्त कम्पनीहरुको खुद मुनाफा घटेको छ । खराब कर्जाको दबाबको कारण लघुवित्तहरुको मुनाफा घटेको देखिएको छ।कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार खराब कर्जा अनुपात बढ्दा खुद नाफा प्रभावित भएको देखिन्छ ।
साथै, खुद ब्याज आम्दानी तथा सञ्चालन नाफा घटेकाले पनि खुद मुनाफा प्रभावित भएको हो ।असार मसान्तसम्म आइपुग्दा नेप्सेमा सूचीकृत ५५ लघुवित्त कम्पनीहरुले ५ अर्ब ५९ करोड ४१ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएका छन्
असार मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै नाफा कमाउनेमा छिमेक लघुवित्त रहेको छ । यसअवधिमा यसले १ अर्ब ६ करोड १९ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
१ अर्बभन्दा बढी नाफा कमाउने यो एक्लो लघुवित्त हो ।
दोस्रोमा साना किसान लघुवित्तले ८१ करोड ४१ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको छ ।
तेस्रोमा जीवन विकास लघुवित्त वित्तिय संस्था रहेको छ। संस्थाको मुनाफा ४० करोड ५२ लाख रुपैयाँ रहेको छ।
चौथौमा डिप्रोक्स लघुवित्त रहेको छ। कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा ३७ करोड १९ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।
यस त्रैमासको अवधिसम्ममा पाँच लघुवित्तले नोक्सान व्यहोरेका छन् ।
जालपा सामुदायिक लघुवित्त, धौलागिरी लघुवित्त, एनएमबी माईक्रोफाइनान्स, आरम्भ चौतारी लघुवित्त, लक्ष्मी लघुवित्तको मुनाफा भने ऋणात्मक रहेको छ ।













