लक्ष्मी भ्यालु फण्ड २ मा शतप्रतिशत आवेदन
४ भाद्र २०८०, सोमबार १८:१०

लक्ष्मी भ्यालु फण्ड २ को इकाई आज बाँडफाँट भएको छ ।
लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रबद्र्धक र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा ८० करोड रुपैंया बराबरको ८ करोड इकाईको बिक्री खुल्ला गरेकोमा निर्धारित समयावधिभित्रनै शत्प्रतिशत इकाइ बिक्री भएको कम्पनीले जनाएको छ ।











