नेपाल बैंकले विभिन्न शाखामा धितोमा रहेको यी सम्पत्ति लिलाम मार्फत बिक्री गर्दै
६ भाद्र २०८०, बुधबार १३:४७

काठमाडौं । नेपाल बैंक लिमिटेडको कीर्तिपुर, झुम्का, श्रीपुर, समनपुर र सिरहा शाखामा धितोमा रहेको उल्लेखित सम्पत्ति लिलामी मार्फत बिक्री गर्ने भएको छ ।
बैंकबाट कर्जा लिई समयमा चुक्ता नगरेपछि धितोमा रहेको जग्गा लिलाम गरी बैंकले बिक्री प्रकिया अघि बढाएको हो । ऋणीहरुले असोज १० गतेसम्म पनि कर्जा चुक्ता नगरेमा सोको भोलिपल्ट कार्यालय खुलेदेखि जग्गा लिलामी बिक्री प्रकियामा आउने बैंकले जनाएको छ ।
उक्त सम्पत्ति खरिद गरी लिन इच्छुक जोकोहीले सम्बन्धित शाखामा गई सकार गर्न चाहेको मूल्यमा बोल–कबोल गर्न बैंकले आग्रह गरेको छ ।












