राष्ट्र बैंकले वित्तीय साक्षरता तालिम सञ्चालन गर्ने, कसरी दिने आवेदन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय तालिम सञ्चालन गर्ने भएको छ । बैंकले वित्तीय साक्षरताको क्षेत्रमा व्यक्तिहरुलाई तालिमसम्बन्धी सैद्धान्तिक, व्यवहारिक ज्ञान र सीप प्रदान गरी प्रशिक्षकको रुपमा तयारी रोष्टर निर्माण गर्ने उदेश्यका साथ तालिम सञ्चालन गर्न लागेको हो ।
उक्त तालिम असोज २१ गतेदेखि २६ गतेसम्म, बैंकर्स प्रशिक्षण केन्द्र, बोडे भक्तपुरमा सञ्चालन हुने केन्द्रिय बैंकले जनाएको छ । बैंकका अनुसार सो तालिममा सहभागि हुनको लागि मान्यताप्राप्त विश्व विद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासनमा स्नाकोत्तर तह वा मान्यताप्राप्त शैक्षिक संस्थाहरुबाट सीए,एसीसीए वा सीपीए तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।
बैकको वेबसाइटमा उपलब्ध आवेदन फाराम भरी अनलाइन दर्ता गर्नुपर्नेछ ।
Notice-for-TOT-Participants-corrected










