समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन जिम्मा दुई सदस्यीय व्यवस्थापन समूहलाई दिइने
७ भाद्र २०८०, बिहीबार १३:१९

काठमाडौं । समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापनका लागि संयोजकमा निर्मल कुमार कार्की तथा सदस्यमा शेष नारायण पोख्रेललाई मुख्य उम्मेद्वारमा नियुक्त गरिने भएको छ ।
समस्याग्रस्त सुपर लघुवित्त, तुलसीपुर–दाङको व्यवस्थापन समूहका संयोजक र सदस्य छनौट गर्ने सम्बन्धमा परीक्षामा सहभागी भएका उम्मेद्वारले प्राप्त गरेको कुल अंकको आधारमा मुख्य र बैकल्पिक गरी २ सदस्यीय व्यवस्थापन समूहलाई छनौट गरिएको हो ।
त्यस्तै, संयोजकको बैकल्पिक उम्मेद्वारमा योग्यताक्रमका अनुसार मिन बहादुर बोहरा र कुलमणि तिम्सिना रहेका छन् भने सदस्यमा देव चन्द्र राय र कुल चन्द्र पराजुली रहेका छन् ।












