एनआइसी एशिया बैंकले सयभन्दा बढी घरजग्गा बेच्दै

७ भाद्र २०८०, बिहीबार १८:१०

काठमाडौं । एनआइसी एशिया बैंकले देशको विभिन्न स्थानमा रहेको १०३ कित्ताभन्दा धेरै घरजग्गा बिक्री गर्ने भएको छ ।

बैंकले लिलाम सकारेर पनि बिक्री हुन नसकेको गैर बैंकिङ सम्पत्तिको रुपमा रहेको उक्त घरजग्गा पुनः बिक्री गर्न लागेको हो । बैंकले कपिलवस्तु, गुल्मी, रौतहट, मकवानपुर, काठमाडौंलगायतका विभिन्न स्थानमा रहेको सम्पत्ति बिक्री गर्न लागेको हो ।

उक्त सम्पत्ति खरिद गर्न इच्छुकले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*