किसान लघुवित्तको संस्थापक शेयर बिक्रीमा

८ भाद्र २०८०, शुक्रबार ११:१६

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ३ हजार ६०५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित मितिले ३५ दिनभित्र सो सम्बन्धी विवरण खुलाई संस्थाको केन्द्रीय कार्यालय लम्कीचुहा–४, बलिया कैलाली वा कर्पाेरेट कार्यालय बुढानीलकण्ठ, काठमाडौंमा आवश्यक कागजात सहित लिखित निवेदन दिन सक्नेछन् ।

तोकिएको समयावधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने समेत सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*