कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योती बहुमुखी क्यापसलाई एयर कन्डिस्नर हस्तान्तरण
११ भाद्र २०८०, सोमबार १४:४२

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नवलपरासीको बर्दघाटमा रहेको दिव्य ज्योती बहुमुखी क्याम्पसलाई २ थान एयर कन्डिस्नर (एसी) हस्तान्तरण गरेको हो ।
बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले दिव्य क्याम्पसका अध्यक्ष पुण्य प्रसाद पौडेललाई उक्त एसी हस्तान्तरण गरेका हुन । यस प्रकारको सहयोगले सामुदायीक विकास र शैक्षीक क्षेत्रमा र विद्यार्थीहरुमा महत्वपूर्ण योगदान पुग्ने उद्देश्य बैंकले लिएको छ ।
उक्त कार्यक्रममा क्याम्पस प्रमुख सागरमणि पाण्डे र बैंकका बुटवल क्षेत्रका क्षेत्रीय प्रबन्धक खिमलाल भुसालका साथै अन्य कर्मचारी र विद्यार्थीको समेत उपस्थिति रहेको थियो ।











