यस्तो चेक जारी गर्दा कालोसूचीमा परिन्छ, हेर्नुस् राष्ट्र बैंकको चेकबारे नयाँ सूचना

काठमाडौं । पछिल्लो समय चेकको दुरुपयोग अत्याधिक मात्रामा बढ्न थालेपछि त्यसको न्यूनिकरण तथा सचेतनाका लागि राष्ट्र बैंकले सूचना जारी गरेको हो ।
चेकमार्फत भुक्तानी गर्दा आफ्नो दायित्व प्रष्ट भएपछि खातामा मौज्दात रहेको रकमको मात्र चेक जारी गर्नेपर्नेछ । खातामा नभएको रकमको चेक जारी गर्ने, भविष्यमा प्राप्त हुन्छ भन्ने आधारमा चेक जारी गर्ने, तमसुक वा धरौटीको रुपमा चेकलाई प्रयोग गरी अवैधानीक लेनदेन गर्ने, खाली चेकमा हस्ताक्षर गरीदिने जस्ता नियतवश गरेको कार्यले चेक जारी गर्ने व्यक्ति कालोसूचीमा पर्ने तथा कानुनबमोजिमको सजायसमेत हुने बैंकले जनाएको छ ।
साथै, होसियार भई चेक जारी गर्न र यस्तो प्रकारको कुनै भुल नगर्न समेत बैंकले आग्रह गरेको छ ।












