निक्षेप उपर हकदाबी गर्न नेपाल बैंकको सूचना
१२ भाद्र २०८०, मंगलवार ११:०२

काठमाडौं । नेपाल बैंक लिमिटेडको उल्लेखित शाखाहरुमा कायम रहेको निक्षेप खातावालाहरुको मृत्यु भएको भनी विभिन्न मितिमा हकदाबी निवेदन पर्न आएपछि तपशिलका हकदार बाहेक अन्य कसैको हकदाबी लाग्ने भए हकदाबी गर्न बैंकले सूचना निकालेको हो ।
सूचनामा तोकिएको हकदारबाहेक अन्य व्यक्तिको हकदाबी लाग्ने भए सूचना प्रकाशित मिति (भदौ १२) ले ३५ दिनभित्र आफ्नो सबुत प्रमाण सहित सम्बन्धित शाखाहरुमा हकदाबी गर्न आउन बैंकले आग्रह गरेको छ । तोकिएको म्यादभित्र हकदाबी नपरेको खण्डमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १११ बमोजिम भइजाने र पछि कुनै उजुर नलाग्ने समेत बैंकले सूचनामा उल्लेख गरेको छ ।












