बैंकको ब्याजदर थप बढ्न सक्छ: बैंकर्स संघ

१२ भाद्र २०८०, मंगलवार १८:२१

काठमाडौं । नेपाल बैकर्स संघले बैंकको ब्याजदर थप बढ्न सक्ने बताएको छ । मंगलबार नेपाल बैंकर्स संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संघले विश्व परिवेशअनुसार नेपालका बैंकको ब्याजदर अझै बढ्न सक्ने बताएको हो।

भारतको ब्याजदर औसत ६.५ को हारहारीमा रहेको र सबै देशमा ब्याजजदर बढ्दा नेपालमा भने घटिरहेको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए । नेपालमा ब्याजदर घट्नु सकरात्मक भए पनि अन्तर्राष्ट्रिय परिवेशसले भने ब्याजदर बढाउन दबाब दिइरहेको बैंकर्सको भनाई छ ।बैंकिङ क्षेत्रमा गत असारसम्मको सूचक सन्तोषजनक नै रहेको पनि उनीहरुले बताएका छन् । पछिल्लो समय बैंकमा निक्षेप केही बढेको भए पनि कर्जा भने तीन प्रतिशतमा सीमित भएको केसीले बताएका छन् ।
दुई वर्षअगाडि मात्रै बैंकिङ प्रणालीमा ८ अर्ब रूपैयाँ तरलता अभाव भएकाले ओएलएफ लिएको उनले बताए। बाहिर जसरी बैंकसँग अधिक तरलता भएको भनेर प्रचार गरिएको छ। वास्तवमा अवस्था सहज छैन। गत साता मात्रै हेर्ने हो भने हामी तरलतामा ऋणात्मक छौँ।

सीआरआरको आधारमा हेर्दा हामीसँग तरलता छैन’, उनले भने, सीडी अनुपातको अवधारणबाट हेर्दा केही लगानीयोग्य रकम छ। तर, तरलताको हिसाबमा हेर्ने हो भने हामी दुई वर्ष अगाडि मात्रै ८ अर्बले ऋणात्मक भएका थियौँ। उक्त रकम बैंकिङ प्रणालीले ओएलएफमार्फत ऋण लिएको अवस्था छ।

पुसबाट ऋणपत्रलाई पुँजी अनुपात गणना गर्न नदिने हो भने यसले बैंकिङ प्रणालीमा थप समस्या निम्त्याउने उनले बताए। हाल सीडी र पुँजी अनुपात दुवैमा गणना भइरहेको डिबेन्चरलाई पुँजी अनुपातमा मात्रै गणना गर्न दिँदा बैंकिङ प्रणालीबाट १ खर्ब लगानीयोग्य रकम कम हुने अध्यक्ष केसीले बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*