साउनमा मात्र लघुबीमा मार्फत बीमा कम्पनीहरुले संकलन गरे साढे १३ करोड रुपैयाँ प्रिमियम, कुनले कति गरे ? (तथ्याङ्क सहित)

१३ भाद्र २०८०, बुधबार १२:०३

काठमाडौं । जीवन र निर्जिवन लघुबीमा कम्पनीहरुले आर्थिक बर्षको पहिलो महिनामा १३ करोड ८९ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।सरकारले निम्न आय भएका लघुबीमा कम्पनीहरुको संचालनमा ल्याईसकेका छन् । सात कम्पनीले लाईसेन्स पाएपनि हालसम्म चार कम्पनीले व्यवसाय संचालन गर्दै आईरहेका छन्।

नयाँ लघुबीमा कम्पनी संचालनमा आएपनि पुराना कम्पनीहरुले लघुबीमा गर्न पाउने व्यवस्थाका कारण हाल संचालनामा रहेका कमपनीहरुले लघुबीमा गराउदै आईरहेका छन्।

चालु आर्थिक वर्षको साउनमा मात्र निर्जीवन बीमा कम्पनीहरुले लघुबीमामार्फत करिब २९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न भएका छन् । उक्त अवधिमा २ हजार १५ वटा बीमालेख मार्फत १ अर्ब ५६ करोड ७३ लाख रुपैयाँ बीमांक बराबरको बीमा भएको छ । ती बीमा लेखमार्फत करिब २९ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको नेपाल बीमा प्राधिकरणको तथ्यांक छ । सञ्चालनमा रहेका ८ वटा निर्जीवन कम्पनी र दुई वटा लुघबीमा कम्पनीमार्फत उल्लिखित बिमा शुल्क संकलन भएको हो ।

गत साउनमा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ७ सय ४० वटा बिमालेख बिक्री गरेर १ लाख ७२ हजारबीमा ल शुल्क संकलन गरेको छ । सोही अवधिमा नेको इन्स्योरेन्सले ६ सय ४० वटा बीमालेख बिक्री गरेर १३ लाख १९ हजार बिमा शुल्क संकलन गरेको छ ।

यस्तै, गत साउनमा ओरिएण्टल इन्स्योरेन्सले १० वटा लघु बीमा पोलिसी बिक्री गरी २५ हजार रुपैयाँ, नेसनल इन्स्योरेन्सले ४ वटा बीमा लेखमार्फत १ हजार र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले ८ वटा बीमा लेख बिक्री गरी ३२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

जीवन बीमा कम्पनीहरुले साउन महिनामा मात्रै १३ करोड ६० लाख रुपैयाँ लघुबीमा व्यवसायबाट आर्जन गर्न सफल भएका छन् ।

साउनमा सबैभन्दा धेरै लघुबीमा व्यवसाय भित्र्याउने कम्पनी नेशनल भनेको छ । कम्पनीले साउनमा ४ करोड ६४ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, सिटिजन लाइफ दोस्रोमा रहेको छ। कम्पनीले साउनमा ३ करोड ३१ लाख रुपैयाँ लघुबीमा व्यवसायबाट भित्र्याएका छन् ।

तेस्रोमा प्रभु लाइफ इन्स्योरेनस कम्पनी रहेको छ। कम्पनीले यस अवधिसम्ममा २ करोड ४७ लाख रुपैयाँ बीमा व्यवसाय गर्न सफल भएको छ ।

चौथौमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ।कम्पनीले यस महिनामा मात्रै १ करोड ३९ लाख रुपैयाँ लघुबीमा व्यवसाय गर्न सफल भएको छ।

त्यस्तै, सानिमा रिलायन्स लाइफको ९१ लाख रुपैयाँ,मेट लाइफको ३६ लाख रुपैयाँ, सन नेपाल लाइफको ३१ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको ७ लाख रुपैयाँ एशियन लाइफको ६ लाख रुपैयाँ, नेपाल लाइफको ३ लाख रुपैयाँ, एलआईसी नेपालको ५२ हजार रपैयाँ र हिमालयन लाइफको ६ हजार रुपैयाँ लघुबीमा व्यवासय रहेको तथ्यांकले देखाएको छ ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*