बीमा कम्पनी तथा बैंकहरुलाई कोषमा आवद्ध हुन दबाब दिदै सामाजिक सुरक्षा कोष
१४ भाद्र २०८०, बिहीबार १५:४८

काठमाडौं । सामाजिक सुरक्षा कोषले बीमा कम्पनीहरुलाई कोषमा आवद्ध हुनका लागि पुनः पत्राचार गरेको छ ।
कोषले वैदेशिक रोजगार चक्रमा सहभागी सबै संस्थाहरु कोषमा आवद्ध हुनपर्ने भन्दै बैंक तथा बीमा कम्पनीहरुलाई दबाब दिएको छ । कोषको सुविधा तथा कार्यक्रमका नीतिहरुमा चित्त नबुझेपछि बैंक तथा बीमा कम्पनीहरुले कोषमा आवद्ध हुन अस्वीकार गर्दै आएका छन् ।
बैंक, बीमा तथा वित्तीय संस्थाहरुले अवकाश कोषको रकम भुक्तानीको प्रावधानमा असन्तुष्ट व्यक्त गर्दै विरोध जनाउदै आएका छन् ।











