भगवती हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँड हुने, कतिको हात खालि ?

१७ भाद्र २०८०, आईतवार ११:४१

काठमाडौं । भगवती हाइड्रोपावरको आईपीओ भदौ १८ गते बिहान ९ बजे बाँडफाँड हुने भएको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्तालाई भदौ ५ गतेदेखि ८ गतेसम्म ७ लाख १२ हजार २२० कित्ता शेयर निष्काशन गरेको थियो । भदौ ८ गतेसम्म १३ लाखभन्दा बढीले आवेदन दिएका थिए । मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट आईपीओ बाँडफाँड गर्न लागिएको हो । जस अनुसार ७१ हजार २२२ जनाले कम्पनीको शेयर पाउनेछन् भने बाँकीको हात खालि हुनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ भने आईपीओ बाँडफाँड सिद्धार्थ क्यापिटलको कार्यालयमा हुने जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*