अब आइएमई पेमा शाइन रेसुङ्गा विकास बैंकको मोबाईल बैंकिङबाट सिधै क्यास लोड गर्न सकिने
१७ भाद्र २०८०, आईतवार १५:४४

काठमाडौ । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे“ मा अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले सजिलै क्यास लोड गर्न सक्ने भएका छन् ।
विभिन्न वित्तीय संस्थासँग आबद्ध भई सेवाग्राहीहरुलाई विद्युतीय भुक्तानी सहज गराउने उदेश्यकासाथ आइएमई पेले शाइन रेसुङ्गा विकास बैंकसँग सम्झौता गरेको छ । सो सम्झौता अन्तर्गत अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले बैंकको मोबाईल बैंकिङबाट सिधै आइएमई पेमा पैसा लोड गर्न सक्ने भएका छन् ।
आइएमई पेले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवद्र्धित सेवाहरूको माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्दै जाने विश्वास समेत दिलाएको छ ।











