नविल बैंकको भिआरएस सुविधामा कर्मचारीहरु अनिच्छुक, समयअवधि पुनःथप

काठमाडौं । नविल बैंकले कर्मचारी कटौती गर्न ल्याएको स्वेच्छिक अवकास योजना (भिआरएस) को समय अवधि प्लस गर्ने भएको छ। भिआरएस योजनामा सोचेजती आवेदन नपरेको कारण समय अवधि प्लस गर्ने निर्णय बैंकले गरेको हो ।
बैंक स्रोतका अनुसार जम्मा ५० जनाको हाराहारीमा मात्रै कर्मचारीले जागिर छाड्न आवेदन दिएका छन् । बैंक व्यवस्थापनले कम्तिमा १०० जना कर्मचारी भिआरएसमा सहभागी हुने अनुमान गरेको थियो ।
बैंकमा ३४०० को हाराहारीमा कर्मचारी छन् । मर्जर भएको एक वर्षपछि नबिल बैंकले पुनः स्वेच्छिक अवकास सुविधा ल्याएको हो । बैंकले एउटै विभागमा दोहोरिएका कर्मचारी कटौति गर्न भीआरएस ल्याएको हो ।यसअघि बैंकले २ पटक भीआरएस सुविधा ल्याएको बैंकले नेपाल बङ्गलादेश बैंकलाई गाभेपछि तेस्रो पटक भीआरएस ल्याएको हो ।
नबिल बैंकले साविक नेपाल बङ्गलादेश बैंकलाई २०७९ असार २७ गतेदेखि एकीकृत कारोबार गरेको थियो । एनबी बैंक नबिलमा गाभिनु अघि नै केही कर्मचारीहरु भीआरएसमा बाहिरीएका थिए । त्यसपछि एकीकृत कारोबार पश्चात् पनि पुनः बैंकले भीआरएस सुविधा दिएको थियो ।
अघिल्लो पटक भीआरएस सुविधा दिँदा ७० जना कर्मचारी बाहिरीएका थिए । बाहिरीने कर्मचारीहरुमा अधिकांश नेपाल बंगलादेश बैंकका थिए ।यो भीआरएस सिनियर तहका तथा पूराना कर्मचारीका लागि ल्याइएको हो ।











