महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

१८ भाद्र २०८०, सोमबार १७:१०

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, श्रृगार, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले विभिन्न संस्थामा उल्लेखित छुटहरु पाउनेछन् ।

Nava Jiwan Hospital Pvt. Ltd जनकपुरधाम–९, जनकपुरको Hospital Service मा 15 %, Pharmacy मा 7%, Other test मा 20%, Customized Health Package मा दुई हजार रुपैयाँसम्म छुट पाउनेछन् । Crown’s Collection हेटौंडा–४, मकवानपुरको Women Accessories मा 10%, New Busy Beans सिद्घार्थनगर–५, भैरहवाको Food & Beverage मा 10%, Manahari Hair & Beauty Unisex Salon मनहरी–७, मकवानपुरको Beauty Service मा 10%, Hook Hospitality Pvt. Ltd. कोटेश्वर–३२, काठमाडौंको Food & Beverage मा 10% सम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*