सवारी साधन खरिद गर्न पैसा छैन ? भिजी इम्पेक्सका सवारी साधन किन्दा ग्लोबल आईएमई बैंकले कर्जा दिने

काठमाडौं । ग्लोबल आईएमई बैंकले भिजी इम्पेक्सका सवारी साधन खरिद गर्दा ३ दिनमै कर्जा दिने भएको छ ।
ग्लोबल आईएमई बैंक र भिजि इम्पेक्स प्रालिबीच ग्राहकलाई सहुलियत ब्याजदरमा विद्युतिय तथा इन्धनले चल्ने सवारी कर्जा प्रवाह गर्ने समझदारी भएको छ । उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले तथा भिजि इम्पेक्सका तर्फबाट उपाध्यक्ष रुपेश शर्माले हस्ताक्षर गरेका हुन् ।
समझदारी अनुसार बैंकले, भिजि इम्पेक्स तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्री गर्ने इन्धनमा आधारित ह्याभल ब्राण्डका एसयुभि, पावर ब्राण्डका पिकअप तथा ओआरए ब्राण्डका विद्युतिय सवारी साधन कर्जा लिई खरिद गर्न चाहने नेपाली नागरिकहरुले लागि आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन सक्नेछन् ।
यसरी निवेदन दिएको ३ कार्यदिन भित्र बैंकले नियमानुसार उचित ठह–याएका ग्राहकलाई सहज रुपमा सवारी साधन कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ ।











