प्राइम कमर्सियल बैंकले ग्राहकको खाता परिवर्तन गर्दै, भोलि राति सम्पूर्ण सेवा अवरुद्ध हुने

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्ना ग्राहकहरुको खाता नम्बर परिवर्तन गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै ग्राहकको खाता नम्बर परिवर्तन गर्न लागेको जानकारी गरेको हो ।
नयाँ खाताको कारोबारहरु ग्राहकसँग हाल भइसकेको चेक तथा एटीएम कार्डबाट नै गर्न सकिने र मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्टआईपीएसलगायतका सेवाहरुमा प्रयोग भएका साबिकको खाता नम्बरहरु प्रतिस्थापन गरी बैंकबाट नै नयाँ खाता नम्बर अद्यावधिक गरिने बैंकले जनाएको छ ।
अब ग्राहकको खाता भदौ २३ गते (शनिबार)देखि १० अंक÷अक्षरबाट परिवर्तन भई २० अंकको कायम हुने बैंकले जनाएको छ । अन्य सबै निकायहरु जस्तैः स्टक ब्रोकर तथा डिम्याट अकाउन्टमा ग्राहक आफैँले नयाँ २० अंकको खाता नम्बर अद्यावधिक गराउन पनि बैंकले आग्रह गरेको छ ।
यसैगरी बैंकको कोर बैंकिङ सिस्टम (सीबीएस) अद्यावधिक हुने भएकोले भोलि भदौ २२ गते (शुक्रबार) राति १० बजेदेखि राति १२ बजेसम्म बैंकको एटीएम, मोबाइल बैंकिङलगायत सम्पूर्ण सेवा प्रभावित हुने बैंकले जनाएको छ ।











