मानव सेवा आश्रम गोरखालाई एभरेष्ट बैंकद्वारा ५ लाख रुपैयाँ सहयोग

२१ भाद्र २०८०, बिहीबार १७:१५

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गोरखामा एक विशेष कार्यक्रमको आयोजना गदैै मानव सेवा आश्रम गोरखालाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सो आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामालाई ५ लाखको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले बैंकको यस सहयोगबाट आश्रममा आश्रित बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारिरीक तथा मानसिकरुपमा अति कमजोर सडक आश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण र पालनपोषणमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको जनाएका छन् । साथै उनले भविष्यमा पनि यस्तो कार्यक्रमहरु सञ्चालन गरिरहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

एभरेष्ट बैंकको यो सहयोगले आश्रममा आश्रित सम्पूर्ण मानवहरुले अझ सुलभ सेवा लाभ लिन सक्ने कुरा आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामाले उल्लेख गरिन् ।

कार्यक्रममा बैंकका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बैंकका गण्डकी प्रदेशका प्रादेशिक प्रबन्धक सुधिर गौतम, बैंकका गोरखा शाखाका शाखा प्रबन्धक सन्दिप खत्री र आश्रमका संयोजक इश्वर काजी मास्केको समेत उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*