प्रभु बैंकबाट १४८ जना कर्मचारी बाहिरिए

२२ भाद्र २०८०, शुक्रबार ०७:५९

प्रभु बैंकबाट१४८ जना कर्मचारी बाहिरिएका छन् । बैंकले कर्मचारी कटौति गर्ने उदेश्यले ल्याएको स्वेच्छिक अवकाश योजनामा १४८ जना कर्मचारी सहभागी भएका हुन् ।

म्यानेजर तहदेखि माथिका १४ जना कर्मचारीले जागिर छाडेका हुन् । जसमा दुई जना उच्च व्यवस्थापनमा कार्यरत कर्मचारी छन्। डेपुटी जनरल म्यानेजर अनुपमा श्रेष्ठ मानन्धर र एसिस्टेन्ट डेपुटी जनरल म्यानेजर भोलाप्रसाद पाठकले पनि स्वेच्छिक अवकाश रोजेका छन् ।

साउन तेस्रो साता १० दिनका लागि ल्याएको भिआरएस योजनामा बैंक व्यवस्थापनले सोचेभन्दा धेरै कम ९४८ जना०ले मात्रै आवेदन दिएपछि ७ दिनको समय थपेको थियो ।

बैंक व्यवस्थापनले डेढदेखि दुई सय जना कर्मचारी भिआरएसमा सहभागी हुने अनुमान गरेको थियो ।

बैंकमा ३५०० को हाराहारीमा कर्मचारी छन् । बैंकले दुई वर्षसम्मको सेवा सुविधासहित भिआरएस योजना ल्याएको हो।

२०७९ पुस २२ मा प्रभुले तत्कालीन सेन्चुरी कमर्सियल बैंक प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको थियो। मर्जपछि कर्मचारी संख्या धेरै हुँदा बैंकले भिआरएस योजना ल्याएको हो ।

बैंकले भिआरएस योजना ५ वर्षभन्दा कम जागिर भएका सहायक प्रबन्धकका लागि २० महिनाको कूल तलब र ५ वर्षमाथि जागिर भएकालाई २४ महिनाको कूल तलब दिने जनाएको छ ।

त्यस्तै अधिकृत तहमा तीन वर्षमाथि जागिर खानेलाई २० महिनाको कूल तलब दिने घोषणा गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*