सामाजिक संजालमार्फत गभर्नर अधिकारीको मृत्युको झुटो अफवाह फैलाउनेमाथि कारवाही गर्न साईबर ब्युरोमा उजुरी

काठमाडौं । पछिल्लो समयदेखि सामाजिक संजालमा गभर्नर महाप्रसाद अधिकारीविरुद्ध मृत्युको झुटो अफवाह फैलाउने समूह नै लागि परेको छ ।गभर्नर महाप्रसाद अधिकारी वैदेशिक भ्रमणको यात्रामा रहदा यस्ता भ्रामक समाचार प्रस्तुत गर्ने र फेसबुक पेजमार्फत गलत सन्देश दिनेमाथि कारावाहीको गर्न साइबर ब्युरोमा निवेदन दिने भएको छ ।
राष्ट्र बैंकले पनि यो बिषयमा आवश्यक छानविन भने गरिहरहेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सवारी दुर्घटनामा परि निधन भएको भन्ने झुटो कुरा देखि सरकारी गाडिको तस्वीर राखेर उनको तस्वीरमा हार्दिक श्रद्धान्जली लेख्ने काम समेत भएको छ ।
उक्त पोस्टमा अधिकांशले हार्दिक श्रद्धान्जली भनेर लेखेका छन् भने केहीले यस्तो अफबाह नफैलाउन चेतावनीसमेत दिएका छन् ।‘ज्यूँदो मान्छेलाई मरेको भनेर पोस्ट’ गर्दा पनि प्रहरीले भने खासै चासो देखाएका छैन । राष्ट्र बैंकले साईबार ब्युरोमा उजुरी दिन लागेको छ ।
साईबार ब्युरोमा उजुरी दिने प्रकृया झन्झटीले हुने हुँदा अर्को साता उजुरी दिने तयारी गरेको छ ।कामको सिलसिलामा गभर्नर महाप्रसाद अधिकारी भारतमा छन् । डेपुटी गभर्नर बमबहादुर मिश्र चीनमा छन् । गभर्नर देशबाहिर भएको मौका छोेपेर उनको निधन भएको अफबाह सामाजिक सञ्जालमा फैलाइएको छ ।
आफ्नो निधनको अफबाह सुनेर चकित भएको गभर्नर अधिकारीले प्रतिक्रिया दिएका छन् ।राष्ट्र बैंकको जनसम्पर्क महाशाखाले यसबारे अध्ययन गरिरहेको छ ।
ज्यूँदो मान्छेलाई मरेको भनेर प्रचार गर्नु हदैसम्मको अपराध हो । सामाजिक सञ्जालमा यस्तो पोस्ट गर्ने माथि आवश्यक कारवाहीको लागि उपचार खोज्ने क्रममा रहेको राष्ट्र बैंकका प्रवक्ता दिल्लीराम पोखरेल बताँउछन् ।











