कनेक्ट आईपीएसको सहकार्यमा एनआईसी एशिया बैंकले ल्यायो नयाँ अफर

२४ भाद्र २०८०, आईतवार १२:०३

काठमाडौं । डिजिटल बैंकिङ्गमा मुलुकको अग्रणी स्थानमा रही सहज बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले कनेक्ट आईपीएससँँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग ग्राहकका लागि ‘फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाईल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोवाइल बैकिङ्ग ग्राहकले यस बैंकको मोबाइल बैकिङ्ग एप प्रयोग गरी कनेक्ट आईपीएस मार्फत फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सकिने भएको छ ।

भदौ १७ गतेदेखि असोज २० गतेसम्म लागु हुने उक्त अफर अन्तर्गत एकजना ग्राहकलाई हप्ता सकिएपछि (आइतबारदेखि शनिबारको अवधिलाई एक हप्ता मानिने छ) ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिनेछ र उक्त विजेताको जानकारी एन आई सी एशिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिनेछ ।

फण्ड ट्रान्सफर गर्न आफ्नो मोवाइल बैंकिङ्ग सेवा एपमा लगइन गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको फण्ड ट्रान्सफर अप्सनमा क्लिक गरेर अदर बैंक युजीङ कनेक्ट आईपीएस छनौट गर्नुपर्छ । यसरी फण्ड ट्रान्सफर गर्दा कनेक्ट आईपीएसमा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन । फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ती मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास बैंकले लिएको छ । हाल २४ लाखभन्दा बढि मोवाइल बैंकिङ्ग ग्राहकले एप प्रयोग गरिरहनु भएको छ भने मोवाइल बैकिङ्गमा रहेको कनेक्ट आईपीएस मार्फत प्रति दिन प्रति कारोबार ३ लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिन्छ ।

एनआइसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६०१ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्ग सञ्जाल विस्तार गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*