सरकारले स्थानीय तहको ६० प्रतिशत रकमलाई आजदेखि निक्षेपमा गणना गर्न दिने व्यवस्था लागू गर्दै

काठमाडौं । सरकारले स्थानीय तहको ६० प्रतिशत रकमलाई आजदेखि निक्षेपमा गणना गर्न दिने व्यवस्था लागू गर्ने तयारी गरेको छ ।शुक्रबार नै उक्त व्यवस्था लागू गर्न अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई पत्राचार गरिसकेको छ ।
अर्थ मन्त्रालयले राष्ट्र बैंकमा पत्र पठाइसकेको छ ।
तर यसका लागि केन्द्रीय बैंकले पनि निर्देशन वा परिपत्र जारी गर्नुपर्ने हुन्छ ।केन्द्रीय बैंकले आज नै पत्र जारी गरेमा यो आजै देखि लागू हुनेछ । यदि, केन्द्रीय बैंकले आज बैंकहरुलाई परिपत्र गरेन् भने अब जुन दिन गर्छ त्यसै दिनबाट यो प्रावधान कार्यान्वयनमा आउने अर्थ मन्त्रलायका अधिकारीले जानकारी दिएका छन् ।
गत असारसम्म स्थानीय तहको ८०% रकम निक्षेपमा गणना गर्न पाइन्थ्यो । त्यसले तरलता व्यवस्थापनमा बैंकहरुलाई सहज भएको थियो ।
साढे एक महिनाभन्दा धरै यस बारेमा थप निर्णय नहुँदा बैंकिङ क्षेत्रबाट उक्त निक्षेप फिर्ता भएको थियो । २०७९ साउन २ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव भएपछि स्थानीय तहको ५०% रकमलाई निक्षेपमा गणना गर्ने सुविधालाई ८०% पुर्याएका थिए ।
उक्त सुविधा पुस मसान्तसम्म दिइएको थियो । शर्माले फेरि पुस ८ गते मन्त्रीस्तरीय निर्णय गर्दै असार मसान्तसम्म स्थानीय तहको ८०% रकमलाई निक्षेपमा गणना गर्न मिल्ने सुविधा दिएका थिए । यस व्यवस्थासँगै बैंकहरुको सीडी रेसियो सहज हुनेछ भने तरलता अवस्था पनि सहज बनाउन सहयोग पुग्नेछ । बैंकलाई कर्जा प्रवाह गर्न पनि थप सजिलो हुनेछ ।











