ग्लोबल आइएमई बैंकको लकर सेवा स्थानान्तरण

२६ भाद्र २०८०, मंगलवार १२:२१

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले न्युरोडमा रहेको लकर सेवा स्थानान्तरण गर्ने भएको छ । बैंकले रन्जना गल्ली, मारवाडी सेवा समितिको ठिक अगाडीको भवनबाट प्रदान गरिंदै आएको लकर सेवा स्थानान्तरण गर्न लागेको हो ।

बैंकका अनुसार असोज ३ गते बुधबार देखि सो लकर सेवा काठमाण्डौ महानगरपालिका वडा नं. २२, न्युरोड केशा प्लाजा भवनको तेस्रो तल्ला स्थित कार्यालयबाट प्रदान गरिने हुँदा लकरको सेवा उपभोग गरिरहेका ग्राहकले आफ्नो लकरमा टुट–फुट हुन सक्ने संवेदनशील सामान भएमा उक्त सामानहरु असोज २ गते भित्र झिकी सुरक्षित गर्नहुन बैंकले आग्रह गरेको छ ।

लकर स्थानान्तरण गर्दा लकर भित्र रहेको सामानमा क्षती पुग्न गएमा बैंक जवाफदेही नहुने बैंकले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*