सिभिल क्यापिटल मार्केटको विशेष साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

२७ भाद्र २०८०, बुधबार १६:२५

काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा आज भाद्र २७ गते सिटिसी मल सुन्धारा, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष भोला बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभाले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने प्राप्ति गर्ने र सञ्चालक समितिबाट अनुमोदन शेयर आदान प्रदान अनुपात १००ः३१ को आधारमा हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाइ प्राप्ति गर्ने लगायतका सबै प्रस्तावहरु पारित गरेको छ ।

कम्पनीको विशेष साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने शेयरधनीहरु प्रति धन्यवाद व्यक्त गरेको छ । साथै, कम्पनीको प्रगतिका लागि प्रत्यक्ष वा परोक्षरुपले सल्लाह, सहयोग, मार्गदर्शन गर्ने तथा योगदान दिने सम्बद्ध सबैलाई हार्दिक व्यक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*