निर्धन उत्थान लघुवित्तको कामु सिईओमा मुकेश दहाल नियुक्त
२९ भाद्र २०८०, शुक्रबार १२:१७

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम कार्यकारी अधिकृतमा मुकेश दहाललाई नियुक्त गरेको छ । उनलाई कम्पनीले भदौ ३१ गतेदेखि लागु हुनेगरी कामु सिईओमा नियुक्त गरेको हो ।
हाल कायम रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तको कार्यकाल भदौ ३१ गतेदेखि समाप्त हुने भएकोले कामु सिईओमा दहाललाई नियुक्त गरेको हो । कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सहायक महाप्रबन्धक दहाललाई कामु सीईओमा नियुक्त गरेको हो ।











