भद्रकालीको रिपुमर्दिनी पेट्रोल स्टेसनमा हिमालयन बैंकको डिजिटल भुक्तानी काउन्टर

३१ भाद्र २०८०, आईतवार १६:२४

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले काठमाण्डौको भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेसनमा गत बुधबारदेखि डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंक र सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेबनबीच भएको सम्झौता अनुसार पेट्रोल स्टेसनमा आउने सम्पूर्ण ग्राहकको सुविधालाई मध्यनजर गर्दै उक्त काउन्टर सञ्चालनमा ल्याइएको हो ।

रिपुमर्दिनी पेट्रोल स्टेसनमा स्थापना गरिएको उक्त काउन्टरमा ग्राहकले विभिन्न बैंकको मोबाइल बंैकिङ एपमा रहेको नेपालपे क्यूआर तथा सबै बैंकबाट जारी भएको एटीएम कार्डमार्फत पीओएस मेसिनबाट सहजै भुक्तानी गर्न सक्नेछन् भने भुक्तानी प्राप्त भएपश्चात् नै भ्वाइस मेसिन तथा एसएमएसमार्फत क्रेता तथा बिक्रेताले भुक्तानीसम्बन्धी जानकारी प्राप्त गर्दछन् ।

बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी उज्ज्वल राजभण्डारी तथा सैनिक कल्याणकारी कोषका तर्फबाट कोषका सहायक रथि किरण केसीले एक समारोहबीच बैंक र कोषका अन्य उच्चपदस्थ कर्मचारीको उपस्थितिमा उक्त डिजिटल भुक्तानी काउन्टरको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*