रेमिट्यान्स २५ प्रतिशतले बढ्यो, साउन महिनामा भित्रियो एक खर्व बढी
३१ भाद्र २०८०, आईतवार १७:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको बर्तमान अवस्थाको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार साउन महिनामा एक खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत असारमा १ खर्ब ८ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५।८ प्रतिशतले र अमेरिकी डलरमा २१।५ प्रतिशतले बढेको छ । विदेशी मुद्राको सञ्चिति २५।७९ प्रतिशतले बढेर चालू आर्थिक वर्षको साउन मसान्तमा ११ अर्ब ८५ करोड डलर पुगेको छ ।











