दोस्रो बजारमा कारोबार सुरु भएदेखि समाज लघुवित्तको शेयर मूल्य बढ्न सकेन, एक सय रुपैयाँपनि पुगेन

काठमाडौं । दोस्रो बजारमा कारोबार सुरु भएपनि समाज लघुवित्त वित्तीय संस्थाको शेयरको भाउ आईपीओको मूल्य बराबर पनि पुग्न सकेको छैन । लघुवित्तको शेयर गत साउन १ गते सोमबारदेखि दोस्रो बजारमा नियमित रुपमा कारोबार हुन सुरु गरेको हो ।
भदौ १९ गते बिहीबार कारोबार दिनसम्ममा उक्त लघुवित्तको शेयर मूल्य १.९३ प्रतिशतले बढेर ७४ रुपैयाँ पुगेको छ । तीन वर्ष पहिले प्रतिकित्ता १०० रुपैयाँमा शेयर खरिद गर्ने लगानीकर्ताहरु अझै नोक्सानीमा रहेका छन् ।
दोस्रो बजारमा सूचीकृत भएको तीन वर्षपछि दोस्रो बजारमा कारोबारमा आएको लघुवित्तको पहिलो कारोबार भने ७२ रुपैयाँ १० पैसामा भएको थियो ।
आईपीओमा खरिद गरेको भन्दा न्यून मूल्यमा कारोबार ओपङि भएपछि लघुवित्तको शेयर बिक्री गर्न कोहि इच्छुक नभएका हुन । त्यसैकारण कारोबारमा आएको ३ महिना समेत आईपिओमा तिरेको मूल्य एक सय रुपैयाँ पुग्न नसकेको हो ।
लघुवित्तको शेयर कारोबार लामो समयदेखि रोक्का रहेको थियो। आईपीओ बाँडफाँट गरी दोस्रो बजारमा कारोबारमा आउनुभन्दा अगाडि नै स्वस्तिक लघुवित्तसँग मर्जर सम्झौता गरेकोले यस लघुवित्तको शेयर कारोबार रोक्का रहेको थियो। यी दुई लघुवित्तहरुको मर्जर सफल हुन नसकेपछि समाज लघुवित्तको शेयर कारोबार खुल्न सकेन।
पहिलो कारोबार भने ७२ रुपैयाँ १० पैसामा भएको थियो। त्यसमाथि त्यसै मूल्यलाई आधार मानेर १४.२५ प्रतिशत बोनस शेयर समायोजन भएर झन ६६ रुपैयाँ ८० पैसामा झरेको थियो । उक्त कायम भएको मूल्यमा शेयर बिक्री गर्न कुनै लगानीकर्ता तयार नहुदा लघुवित्तको शेयर न्यून विन्दुमा रहेको छ ।
लघुवित्तले २०७७ साल भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि ८० हजार ७०० कित्ता शेयर निष्काशन गरेको थियो । सोही वर्षको असोज ८ गते, बिहीबार लघुवित्तको २ लाख कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको थियो।











