एनआईसी एसिया बैंकको संस्थापक शेयर बिक्रीमा, जोकोही व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन पाउने
४ आश्विन २०८०, बिहीबार ०८:३३

एनआईसी एसिया बैंकले संस्थापक समूहको ५ लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ ।र्बैंकले आजदेखि बिकि खुल्ला गरेको सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३६० रुपैयाँ तोकिएको छ। यसको अर्थ सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।
बोलपत्र पेस गर्ने अन्तिम मिति असोज १० गतेसम्म तोकिएको छ।












