निक्षेप र कर्जा दुबै घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप एक खर्ब ३३ अर्ब २४ करोडले घटेको छ ।
नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको २०८०र८१ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार साउनमा निक्षेप परिचालन २।३ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप एक खर्ब ७७ करोड ९२।० प्रतिशत ले घटेको थियो ।
चालु आर्थिक वर्षको साउन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५।० प्रतिशत, २६।७ प्रतिशत र ६१।३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७।२ प्रतिशत, २६।९ प्रतिशत र ५८।८ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५।२ प्रतिशत रहेको छ । २०७९ साउन मसान्तमा यस्तो निक्षेपको अंश ३७।४ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा चार अर्ब ३५ करोड ९०।१ प्रतिशत० ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा दुई अर्ब ३१ करोड ९०।०५ प्रतिशत० ले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० साउन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३।८ प्रतिशतले बढेको छ । २०८० साउन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४।० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६।० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३।७ प्रतिशत र ३६।३ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कहरूको कर्जा प्रवाह ०।१ प्रतिशतले र विकास बैङ्कहरूको ०।२ प्रतिशतले घटेको छ भने वित्त कम्पनीहरूको कर्जा प्रवाह ०।९ प्रतिशतले बढेको छ ।
गत साउन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये १२।१ प्रतिशत कर्जाका लागि चालु सम्पत्ति ९कृषि तथा गैरकृषिजन्य वस्तु० सुरक्षणका रूपमा रहेको छ भने ६७।१ प्रतिशत कर्जाका लागि घरजग्गा धितो सुरक्षण रहेको छ । २०७९ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२।४ प्रतिशत र ६६।६ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २।४ प्रतिशतले, रियल स्टेट कर्जा ९व्यक्तिगत आवासीय घर कर्जासमेत० ०।३ प्रतिशतले, नगद प्रवाह कर्जा ७।६ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा ०।१ प्रतिशतले र ट्रस्ट रिसिट ९आयात० कर्जा ५।० प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा २८।९ प्रतिशतले ९पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत० र हायर पर्चेज कर्जा १६।८ प्रतिशतले घटेको छ ।











