विकास ऋणपत्रद्वारा रु. १० अर्ब आन्तरिक ऋण उठाउने तयारीमा सरकार, बोलकबोल कहिले ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने उद्देश्यले विकास ऋणपत्र २०८५ ‘ञ’ जारी गर्ने भएको छ ।
बैंकले असोज ७ गते ५ वर्ष समयावधिको १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्न लागेको हो । उक्त ऋणपत्र भोलि असोज ५ गते बोलकबोलमार्फत बिक्री गरिने जनाएको छ ।
यस ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । यस ऋणपत्रको ब्याजदर पनि बोलकबोल मार्फत हुने बैंकले जनाएको छ । ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने छ ।
ऋणपत्र २०८५ असोज ७ गते परिपक्व हुनेछ, यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइने बैंकले सूचनामा उल्लेख गरेको छ ।
बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात रु. ८ अर्ब ७५ र रु. १ अर्ब २५ करोड छुट्याइएको छ । अप्रतिस्पर्धी बोलकबोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलकबोलवालाहरुलाई बिक्री गरिने बैंकले जनाएको छ ।
अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलकबोलवालाहरुलाई समानुपातिक रुपमा ऋणपत्रको रकम बाँडफाँड गरिने बैंकले सूचनामा उल्लेख गरेको छ ।
3.Suchana-for-web-Upload_DONE-5










