हिमालयन बैंकका ग्राहकलाई १६० भन्दा बढी स्थानमा विशेष छुट

४ आश्विन २०८०, बिहीबार १५:५२

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो ग्राहक माझ विभिन्न सेवा अभिवृद्धि गर्ने उद्देश्यले आफ्ना सम्पूर्ण ग्राहकलाई काठमाण्डौ, पोखरा, चितवनलगायतका देशका विभिन्न १६० भन्दा बढी स्थानमा विशेष छुटको व्यवस्था गरेको छ ।

बैंकका ग्राहकले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटेल, रेस्टुराँ, अस्पताल, ल्याब, डायगोनोस्टिक सेन्टर, गहना गृह, कपडा, चस्मा, घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित सामग्री, खेलकुद सामग्री, फर्निचर, विद्युतीय दुईपांग्रे सवारी, कस्मेटिक, बुटिक, सलुन, ट्राभल एन्ड ट्रेक, एडभेन्चर टुरिजमलगायत अन्य स्थानमा वस्तु खरिद तथा सेवा शुल्कमा भारी छुट पाउन सक्ने छन् ।

बैंकले सम्बन्धित व्यवसायीसँगकोे सहकार्यमा आफ्ना ग्राहकको सुविधालाई मध्यनजर राख्दै अधिकतम २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । छुट सुविधा प्राप्त गर्न ग्राहकले बिल लिनुभन्दा पहिला नै आफू हिमालयन बैंकका ग्राहक भएको कुनै पनि परिचय (डेबिट तथा क्रेडिट कार्ड, चेक बुक) प्रस्तुत गरेमा उक्त स्थानबाट निर्धारित छुट पाउनेछन् ।

ग्राहकले छुट पाउने स्थान, प्रतिशत तथा सामग्रीका बारेमा विस्तृत जानकारीका लागि हिमालयन बैंककोे अधिकारिक वेबसाइट https://www.himalayanbank.com/en/offers  मा गई हेर्न सक्नेछन्।

हाल यो योजना १६० भन्दा बढी व्यावसायिक संस्थामा लागू भएको तथा निकट भविष्यमा बैंकले यस योजना देशभरि २०० वटा थप व्यवसायीमा विस्तार गरी आफ्ना ग्राहकलाई छुट सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*